तीन हजार ८४१ मिटर उचाईबाट ३६० डिग्रीमा ‘स्वर्ग’को ‘भ्यू’

Advertisement

काठमाडौं । नौलो र नयाँ ठाउँमा घुम्ने रहर कस्लाई  लाग्दैन् र ? घुम्नु त यस्तो ठाउँमा घुम्नु जुन विश्वकै अग्लो ठाउँमा निर्मित होटलमा रात बिताएर चारैतिर हिमालको रमणीय दृश्यवलोकन गर्दै घुम्न पाइयोस, फोटो खिच्न पाइयोस र अविश्मरणीय अनुभूति गर्न पाइयोस् । 

यस्तै स्वर्गीय अनुभूति गर्न पाइने ठाउँ हो सोलुखुम्बुस्थित स्याङबोचेमा तीन हजार ८४१ मिटर उचाईमा निर्मित ‘शेर्पा पानोरोमा होटल’ जहाँबाट चारै दिशामा अग्ला हिमाल र गगनचुम्बी पहाडहरुको मनमोहक दृश्य देख्न सकिन्छ । विश्वकै अग्लो स्थानमा निर्मित यो होटलको अहिले नेपाल बाहिर पनि चर्चा बढ्दै गएको छ । यहाँबाट तपाईं ३६० डिग्रीमा ‘माउन्टन भ्यू’ देख्न सक्नुहुनेछ ।

Advertisement

‘शेर्पा पानोरोमा होटल’ विश्वको अग्लो ठाउँमा बनेको होटल मात्रै नभएर सगरमाथा क्षेत्रकै स्तरीय होटल हो जहाँ स्वदेशी र विदेशी दुवै पर्यटक एक पटक पुगेर रात बिताउन लालयीत हुन्छन् ।  यस्तो यस्तो पर्यटकीय गन्तव्य पनि हो जहाँ आकर्षक वास्तुकला र शेर्पा संस्कृतिको झल्को मिल्छ । 

यो होटलमा पुगेपछि हरेकलाई अनौठो लाग्छ कि यति अग्लो ठाउँमा कसरी भौतिक संरचना निर्माण गरियो होला ? कसरी निर्माण सामग्रीहरु ल्याइयो होला ? होटल सञ्चालनका लागि कसरी निरन्तर कसरी सामानहरु ढुवानी गरिन्छ होला ? सँगैसँगै छिमेकी चीनले यस्ता इन्जिनियरिङ र वास्तुकलामा गरेको चमत्कार सम्झिँदा ‘गरे के संभव छैन् ?’ भन्ने जिज्ञासाको समाधान पनि आउँछ । 

कस्तो छ शेर्पा पानोरोमा होटल ?
बाहिरबाट हेर्दा सामान्य जस्तो देखिए पनि यसको भित्री डिजाइन जटिल र आकर्षक छ । सजावटले शेर्पा संस्कृतिलाई  झल्काउँछ । फराकिलो सिसाका झ्यालहरूले अतिथिहरूलाई उन्मुक्त भएर तीन दिशाका अग्ला हिमालका चुचुराहरूको अवलोकन गर्न उद्देलित गर्छ । विश्वको सर्वोच्च शिखर सगरमाथासँगै आमा दब्लम, थम्सेर्कु, ल्होत्से, नुप्त्से टापुको दृश्यलाई होटलको पूर्वी झ्यालले खिचेको छ । यहींबाट कुसुम कंगारु, कांगटेगा र विश्व प्रसिद्ध ट्याङ्बोचे गुम्बा कोठाको पूर्वबाट देख्न सकिन्छ । 

त्यस्तै, कोठाको पश्चिमबाट थामे चुचुरो, रोल्वालिङ चुचुरो र धेरै नाम नभएका हिमालहरू देखिन्छन् । लोबुचे चुचुरो, चो–ला चुचुरो, तवाचे चुचुरो र खुम्बिला (सगरमाथा क्षेत्रको पवित्र चुचुरो) उत्तरबाट देखिन्छन् । होटलको दक्षिणमा लुक्ला उपत्यका, भोटेकोशी नदी र दूधकोशी नदी र लामो र आकर्षक ग्रीन भ्याली देखिन्छ । 

होटलमा २० वटा डिलक्स रुमहरू, सम्मेलन हल, टावर हल, रेस्टुरेन्ट छ । गामो झोला, अक्सिजन र सबै आधुनिक सञ्चार सुविधाहरू पनि होटलमा राखिएको छ । होटलले हिमालको दृश्यावलोकनलाई मात्रै जोड नदिएर योग र ध्यानको सुविधासमेत सुरु गर्ने तयारी गरेको छ । आउँदो सेप्टेम्बर महिनाबाट यसको सुरुवात हुने होटलका प्रवन्धक पासाङ निङमा शेर्पा बताउँछन् । शेर्पा पानोरोमा होटलको विशेष महत्व रहेको बताउँदै उनले थपे, ‘एभरेष्ट क्षेत्रमा सुविधासम्पन्न होटल तथा रेष्टुरेन्टहरु बढेको छ । तर विदेशीहरु नेपालमा लग्जरीको लागि मात्र आउँदैनन् । उनीहरु नयाँ कुराको अनुभव गर्न लाखौं खर्र्च गरेर आउँछन् । उनीहरु विश्वकै अग्लो ठाउँको होटलमा पुगेर अनुभव गर्छ ।’

पर्यटकहरु होटलमा के नयाँ कुरा सुविधा दिने ? के नयाँ सुविधा थप्ने ? भन्ने विषयमा ट्रेकिङ गाइड, ट्राभल कम्पनीका सञ्चालकहरुसँग छलफल भएपछि होटलमा योग र ध्यान पनि गर्न सकिने व्यवस्था गरियो भने एकदमै रोचक भन्ने सुझाव आएकाले यसको सुरुवात गर्न लागिएको भन्दै पासाङले भने, हामीले हाम्रो होटलमा मात्र नभएर, पूरै एभरेष्ट ट्रेकिङ रुटमा नयाँ सुविधा ल्याउने सोचका साथ योग र ध्यानको खण्डहरु गराउन लगेका हौं ।’ 

कोरोना महामारीअघि राम्रो व्यवसाय गर्ने गरेको यो होटल महामारीमा भने घटेर निकै कमी भएको थियो । पछिल्लो समयमा कोरोना महामारीको प्रभाव घटेसँगै  पर्यटक आगमन बढ्न थालेको उनको भनाई छ । पासाङ भन्छन्, ‘नेपालमा पर्यटकहरु प्रकृतिक सुन्दरता हेर्न, रमाउन, साहसिक पर्यटनको अनुभव लिन, हिमालहरुको आरोहण गर्न । शान्तिको आन्दन लिन आउँछन् । नेपाल एउटा सुन्दर देश हो । म पेरिसबाट आएको । त्यहाँ त्यस्तो केही छैन् । एउटा देखाउने त्यही आइफिल टावर छ । त्यहाँ चाहीं लाखौं पर्यटकको आगमन हुने गर्छ । यस्ता कुरामा हाम्रो देशले खासै प्रगति गरेको छैन् । यही प्राकृतिक सुन्दरता र हाम्रो पूरानो संस्कृतिले काम गरेको हो । तर पनि प्रचारप्रसार कम हुँदा अरु देशको तुलनामा धेरै कम पर्यटकण् आउने गरेका छन् ।’

कसरी भयो सुरुवात ?
शेर्पा पानोरोमा होटलका अध्यक्ष प्रवन्ध निर्देशक दोर्जी सुशील शेर्पा हुन् उने उनका छोरा पासाङ निङमा शेर्पा प्रवन्धक हुन् । पर्यटन व्यवसायमा तीन दशक लामो अनुभव बटुलेका दोर्जीसँग विशेषगरी होटल, रिसोर्ट, ट्रेकिङ र पर्वतारोहणको अनुभव छ । उनले सन् १९९३ मा शेर्पा पानोरोमा होटलको निर्माण सुरु गरेका थिए भने सन् १९९६ बाट यसको औपचारिक सञ्चालन गर्दै आएका थिए । विश्वकै अग्लो ठाउँमा साढे दुई दशकदेखि होटल सञ्चालन हुँदै आए पनि यसको खासै प्रचार हुने हुन सकेको थिएन् । 

बाबुले शेर्पा पानोरोमा होटललाई आक्राकरुपमा अघि बढाउने सोच बनाएपछि उनलाई सघाउन पासाङ जर्मनीबाट नेपाल आएका थिए । कृषिमा स्नात्तोकोत्तर अध्ययन पूरा गरेका पासाङले काठमाडौंमा बसेर सोलुखुम्बुमा होटल सम्हालिरहेका बाबुलाई सञ्चालनमा सहयोग गर्दै आएका छन् । 

पासाङ भन्छन्, ‘यो हाम्रो परिवारिक व्यवसाय हो । हामीले यो देशका लागि, नेपाल आउने पर्यटकका लागि केही नयाँ गरौं भनेर अग्लो ठाउँमा होटल सञ्चालन गरेको हो । होटल सञ्चालनमा आएपछि हामीले सोचेभन्दा धेरै राम्रो प्रतिक्रिया आएको छ । प्रशंसा आएको छ । प्रचार भइरहेको छ । यसमा हामीलाई खुशी पनि लागेको छ । यसका लागि अझै हामीले धेरै काम गर्न बाँकी छ ।’ यसअघि एभरेष्ट शेर्पा रिसोर्टको नामले परिचित यो होटल पछिल्लो समयमा नाम परिवर्तन गरेर शेर्पा पानोरोनमा होटल राखिएको हो । 

कस्तो हुन्छ यात्रा सेड्युल ? 
ट्रेकिङमा आउने पर्यटकहरुको लागि नाम्चेबजारमा दुई रात बस्ने भनेर आइटिनेरी नै हुन्छ ट्रेकिङमा जाने बेला । त्यहाँ दुई रात बस्नुको कारण लेक नलागोस भनेर अकोमोटाइजेशनका लागि हो । त्यहाँबाट एक घण्टा जतिको हिंडाइपछि शेर्पा पानोरोमाको भ्यू प्वाइन्टमा पुगिन्छ । त्यहाँ ग्रिन भ्याली भन्ने सुन्दर गाउँ छ । सो ठाउँमा योग र ध्यान गर्दा अकोमोटाइजेशनमा सहयोग मिल्ने पासाङको भनाई छ । धेरै उचाईमा योग र ध्यानले प्राकृतिकरुपमा नै मानिसलाई स्वासप्रस्वासमा सहयोग गर्छ । 

शेर्पा पानोरोमा होटलले आरामदायी किसिमको योग र ध्यानको सुविधा राख्न तयारी गरेको छ । यसले स्वास्थ्य लाभ हुनुका साथै योग र ध्यान हिन्दु र बौद्ध धर्मसँग सम्वन्धित भएकाले पर्यटकहरुलाई नेपाली संस्कृति र सुन्दरताको अनुभव र अन्वेषण गर्ने मौका मिल्ने उनको तर्क छ । योग र ध्यानका लागि ४५–५० मिनेटको खण्ड हुने र दिनमा पाँच वटा खण्डहरु गराउने योजना बनाइएको छ । पाँच खण्डमा सूर्य नमस्कार, साबासाना, प्राणायाम, ध्यान र मन्त्र जप हुनेछन । आउने पर्यटकहरुलाई सुरुमा सम्मानका लागि आयुर्वेदिक चियाबाट स्वागत गर्छ । 

सगरमाथा आरोहणका लागि २०७८ साल बैशाखमा नेपालमा आउँदा बहराइन राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको १२ सदस्यीय टोलीले केही समय यही होटलमा बिताएको थियो । राजकुमारसहितको टोलीले सोही बर्ष वैशाख २८ का सगरमाथा चुचुरोमा पाइला टेकेको थियो । पछि सन्  यसअघि सन् २०२० अक्टोबरमा मनास्लु हिमाल आरोहण गर्न आउँदा पनि राजकुमार खालिफासहितको टोलीले होटलमा केही दृश्यावलोकनमा बिताएको थियो । 

शक्तिशाली दूरविन पनि
शेर्पा पानोरोमा होटलमा एउटा शक्तिशाली दूरविन पनि छ । त्यसको प्रयोग होटलमा आउने जोसुकै पर्यटकले निःशुल्क गर्न पाउँछन् । दुई दशकभन्दा पूरानो यो दुरविनबाट हेदो हिमाल आरोहण गरिरहेका मानिसहरुसमेत प्रष्ट देख्न सकिन्छ । हिमालहरुलाई नजिकबाट नियाल्न सकिने भएकाले पर्यटकहरु उत्सुकताका साथ दूरविनबाट हिमालयहरु अवलोकन गर्छन् ।   


Advertisement

Advertisement