‘१५औं टोयोटा ड्रिम कार आर्ट’ प्रतियोगिताको बिजेता निकितालाई तीन हजार डलर पुरस्कार

Advertisement

काठमाडौं । बुटवलकी निकिता भट्टराई ‘१५औं ‘टोयोटा ड्रिम कार आर्ट’प्रतियोगिताको बिजेता बन्न सफल भएकी छिन् । राजधानीस्थित सेन्ट जेभियर कलेजमा ए लेभल अध्ययनरत उनले बिजेता बनेर अमेरिकी डलर तीन हजारको पुरस्कार पनि पाउने भएकी छन् ।   

निकिता एभरेष्ट स्कुलबाट यसै पटक एसईई उत्रिण भएकी हुन् । उनलाई टोयोटा जापानले तीन हजार अमेरिकी डलर बराबरको पुरस्कार दिने भएको हो । चित्रकलामा विशेष रुची राख्ने निकिता पाँच महिनाअघि टोयोटाले गरेको प्रतियोगितामा भाग लिएकी थिइन् । 

Advertisement

टोयोटाले विश्वभर संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)का धेरै कार्यक्रमहरु गर्दै आएकोमा यो चित्रकला प्रतियोगिता पनि एक हो । उसले सन् २००४ देखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । संसारभरका बालबालिकालाई खुशीको अनुभूति गराउन र सपना देख्नको लागि महत्व दि सक्ने लक्ष्यका साथ यो प्रतियोगिताको परिकल्पना गरिएको टोयोटाको भनाई छ । 

प्रतियोगिताको यस पटकको संस्करणमा भट्टराई समूह सी अन्तर्गत उत्कृष्ट बनेकी हुन् । विश्वभरिका करिव पाँच लाख ३० हजार प्रतिस्पर्धीहरुका चित्रमध्ये निकिताको उत्कृष्ट भएको हो । सबै समूहमा गरि २४ वटा चित्र बिजयी भएका छन् ।

‘आर्टिफिसियल इन्टेलिजेन्स बेस्ड कार’ नामक चित्र उत्कृष्ट बन्न सफल भएको जनाउँदै नेपालका लागि टोयोटाको आधिकारीक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले बिहीबार विजेतालाई प्रमाणपत्र र शिल्ड प्रदान गरियो । कार्यक्रममा कम्पनीकी प्रवन्ध निर्देशक ऋतु सिंह वैद्य, वरिष्ठ निर्देशक कैलाशभक्त राजभण्डारी र महाप्रबन्धक महेशकुमार यम सहभागी थिए । 

विश्वका ७८ देश सहभागी चित्रकला प्रतियोगीता तीन उमेर समूहका लागि लक्षित हुन्छ । सोमध्ये ६ वर्ष, सातदेखि १२ वर्ष र १३ देखि १५ वर्ष उमेर समूहकाले भाग लिन सक्नेछन् ।

Advertisement

Advertisement