एनएमबी बैंक र आईएफसीबीच सहकार्य, साना तथा मझौला कर्जा प्रवर्द्धन हुने सीईओको विश्वास

Advertisement

एनएमबी बैंक र आईएफसीबीच सहकार्य, साना तथा मझौला कर्जा प्रवर्द्धन हुने सीईओको विश्वास

काठमाडौं । एनएमबि बैंकले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेस्रो आवधिक कर्जा दुई करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्राएको छ । 

Advertisement

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी)को दक्षिण एशिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङबीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

यो कर्जाले हालको तरलता संकुचनको असहज परिवेशमा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउन मद्दत पुग्ने बैंकको विश्वास छ । बैंकले चार वर्षको अवधिमा आईएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गरेको छ । त्यस्तो कर्जा प्राप्त गर्ने एमएमबि पहिलो बैंकसमेत बन्न सफल भएको छ । 

यसरी विस्तार गरिएको कर्जाले कोभिड १९ को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपूर्ति गर्न र उक्त क्षेत्रमा नयाँ उद्यमीहरुलाई प्रोत्साहित गर्न सहयोग गर्ने विश्वास बैंकले लिएको छ । 

एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएम, ११ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।

Advertisement

Advertisement