प्रभु बैंकका ग्राहकलाई होटल ग्राण्ड साम्बालामा १० प्रतिशत छुट दिने सम्झौता

Advertisement

काठमाडौँ । प्रभु बैंक र होटल ग्राण्ड साम्बाला मुक्तिनाथबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

उक्त सम्झौतामा बैंकका जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटल ग्राण्ड साम्बालाका प्रबन्ध निर्देशक नाम्ग्य वाङ्गदी गुरुङले हस्ताक्षर गरेका छन् ।

Advertisement

सम्झौता अनुसार बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले होटल ग्राण्ड साम्बालाद्धारा सञ्चालित फुड, वेभरेज र लजिङ  सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने छन् ।  

सुविधा लिन चाहने ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल ग्राण्ड साम्बाला प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 

Advertisement

Advertisement