माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई  ‘नेपाल पे’ क्युआर कोड हस्तान्तरण

Advertisement

काठमाडौँ । माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केटलाई एनसीएचएलद्धारा प्रर्वद्धित ‘नेपाल पे’ क्युआर कोड हस्तान्तरण गरेको छ । 

उक्त नेपाल पे क्युआर बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापा, नायब महा प्रबन्धक प्रसिद्धराज अर्याल लगायतको पनि उपस्थिति रहेको थियो ।

Advertisement

नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने तथा ग्राहक एव्म व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ उक्त सेवा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा शुरू गरिएको बैंकले उल्लेख गरेको छ ।

नेपाल पे को क्युआर सेवा सुरु भएसंगै ग्राहकहरुले आफुले उपभोग गरेको बस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट एम–स्मार्ट (मोबाइल बैंकिङ एप्लिककेशन अफ एमबीएल) मार्फत भुक्तानी गर्न सक्नेछन् ।

बैंकले सातै प्रदेशमा आफ्ना १६३ बटा शाखाहरु, १५७ शाखारहित बैकिङ, ६ एक्सटेन्सन काउण्टर र २०० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । 

Advertisement

Advertisement