बीमाशुल्क जीवन बीमामा १८ अर्ब तथा निर्जीवनमा ८ अर्बले बढ्यो, समितिले दियो अभिकर्तालाई जस

Advertisement

काठमाडौं । आर्थिक वर्ष २०७७–७८ को तुलनामा आर्थिक वर्ष २०७८–७९ मा जीवन बीमाशुल्क १८ अर्ब रुपियाँले बढेको छ भने निर्जीवन बीमाशुल्क सोही आठ अर्ब रुपियाँले बढेको छ । 

गएको आर्थिक बर्षको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क एक खर्ब ३८ अर्ब तथा निर्जीवन बीमा कम्पनीहरुको ३९ अर्ब १६ करोड रुपियाँ गरेर कुल बीमाशुल्क एक खर्ब ७७ अर्ब रुपियाँ संकलन भएको छ । 

Advertisement

समीक्षा अवधिमा जीवन बीमातर्फ सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३५ अर्ब ३८ करोड, दोस्रोमा एलआईसी नेपालको १८ अर्ब २२ करोड र तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्सको १४ अर्ब ३३ करोड रुपियाँ बीमाशुल्क संकलन भएको छ ।

त्यस्तै, निर्जीवन बीमातर्फ सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको पाँच अर्ब ९२ लाख, सगरमाथा इन्स्योरन्सको तीन अर्ब १० करोड तथा तेस्रोमा नेको इन्स्योरेन्सको दुई अर्ब ८५ करोड रुपियाँ बीमाशुल्क संकलन भएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जीवन बीमाशुल्क बढ्नुको कारण यस पटक वैदेशिक रोजगारीमा जानेहरु बढेकाले हो भने । उनले विगतको तुलनामा बीमितको संख्या राम्रो बढेको बताउँदै अहिले ग्रामीण भेटबाट पनि बीमा गरौं भन्ने मानिस निस्किएकाले त्यसको प्रभाव बीमाशुल्कमा देखिएको बताए । 

पौडेलले निर्जीवन बीमाशुल्क बढ्नुको कारण स्थानीय निकायमा बीमा समितिले गरेको बीमा सचेतना कार्यक्रमको प्रभाव पनि हो भन्दै बीमा समितिले कडाई गर्दा बीमा व्यवसायमा नकारात्मक प्रभाव पर्ने अफवाह फैलाइए पनि त्यो गलत सावित भएको बताए । 

नयाँ बीमालेखहरु बजारमा आएको र अभिकर्ताहरु पनि गाउँ गाउँमा सक्रिय बन्न थाल्दा बीमा बजार बढेको भन्दै पौडेलले भने, ‘अभिकर्तालाई धन्यवाद दिन छुटाउन हुन्न । उनीहरुको ठूलो हात छ ।’

समितिको विवरणः

Advertisement

Advertisement