सौराहा भारतीय र बंगलादेशी पर्यटकको विवाहका लागि पनि आकर्षिक गन्तव्य बन्दै

Advertisement

काठमाडौं । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टाराइले विगत केही वर्षदेखि भारतीय पर्यटकहरु विवाह समारोहका लागि चितवनमा आकर्षक भएको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भने, यो सिजनमा हामीले धेरै विवाह समारोहहरु सोराहामा गयौं । यो ठाउँ इण्डिया, भैरहवा, बुटवलबाट पनि नजिक पर्ने भएकोले विवाह समारोहका लागि राम्रो गन्तव्य बन्न सक्ने  भनेर हामी पहल पनि गरेका छौं । यो ठाउँलाई कसरी प्रचार प्रचार गर्न सकिन्छ ? विवाह मात्रै नभएर ब्रतवन्ध जस्ता अरु कार्य र समारोहहरु पनि गर्ने उपयुक्त ठाउँको रुपमा हामीले विकास गरिरहेका छौं । सरकारले पनि यस कुरालाई कार्ययोजनामा राखेकोमा हामी पर्यटन व्यवसायी खुःसी नै छौं ।’

Advertisement

चितवन विवाह समारोहका लागि भारत, बङ्गलादेशीहरुको लागि राम्रो गन्तव्य बन्न सक्ने भन्दै भट्टाराइले सोहीअनुसार सो क्षेत्रका पर्यटन व्यवसायीहरु पनि त्यो खालको पूर्वाधार बनाउन, सेवा दिन र प्रचारप्रसारमा जोड दिइरहेको बताए । 
 
उनले भने, ‘हामीले वर्षमा १५–२० वटा विवाह समारोह गर्दै आएका थियो । कोरोना महामारीले धेरै यस्ता समारोह रद्द भए । अहिले फेरि यो संख्या बढेको छ । अहिले विवाहको सिर्जन नभएका कारण कार्यक्रम छैन् । तर विवाहको सिर्जनमा महिनामा पाँचदेखि दश वटासम्म विवाह समारोह सौराहा हुन्छन । 

भट्टराईले आउँदो महिनाको लागि विवाह गर्न वुकिङहरु आइरहेको बताए । सोधपुछ पनि धेरै आइरहेको भन्दै उनले सौराहामा भारतीय र आन्तरिक पर्यटकका कारण चहल पहल निकै बढेको बताए । 

कोभिडअघि  विवाह र घुम्नका लागि आउने भारतीय पर्यटकहरुको संख्या निकै ठूलो रहेको थियो । चिनियाँ र अन्य देशका पर्यटकका लागि कोठा पाउनै मुस्किल समय हो यो भन्दै भट्टराईले कोरोना महामारीको समयमा संख्या निकै घटे पनि महामारीको प्रभाव घटेपछि ३५ प्रतिशत भारतीय पर्यटक रिकभर भएको बताए । 

उनले भने, ‘अहिले चाहिं अफ सिर्जन भएकोले खासै पर्यटकको चहलपहल छैन् । भद्रो लागेपछि चाहिं चाडपर्व लागेर पूरानो अवस्थामा पर्यटन व्यवसाय फकिन्छ कि भन्ने आशा छ । अहिले वर्षायाम पनि छ । बाटोको अवस्था पनि राम्रो छैन् । कोरोना महामारीले विदेशी पर्यटकहरु आउन सकिरहेका छैनन् । यहाँ आउने अधिकांश पर्यटक भारतीय र आन्तरिक हुन् । विस्तारै विदेशी पर्यटकहरु पनि आउने क्रम बढेको छ ।’ 

पर्यटन क्षेत्र पूरानै लयमा फर्किने आशामा व्यवसायीले होटल, रेष्टुरेन्टलगायतका व्यवसायमा रङ लगाउने, पुनर्निर्माणको कार्य पनि सुरु गर्न लागेका छन् । अहिले नयाँ होटलहरु निर्माणको काम पनि भइरहेको छ । सधै कोरोनाको कहर आउँछ भनेर रोगसँग डराएर बस्यो भने कहिल्यै पनि उँभो  लाग्दैन् । रोगसँग पनि डराउनु पयो । रोगभन्दा भोकसँग पनि डराउनु पर्ने अवस्था छ ।’ 

सरकारले भारतीय र बङ्गलादेशीको लोकप्रिय गन्तव्यको रुपमा चितवन, पोखरा लगायतका गन्तव्यहरुलाई विकास गर्ने बताएको छ । यससँग सम्बन्धित हवाई तथा स्थल यातायात सेवाको अन्तरआवद्धता र सञ्ञालीकरणको अभिवृद्धि गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो पर्यटन पुनरूत्थान कार्ययोजनामा उल्लेख गरेको छ । 

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले गएको जुलाई महिनामा ४४ हजार ४६२ जना पर्यटक नेपाल भित्रिएको बताउँदै भारतीय पर्यटकको आगमन उत्साहजनक रहेको बताए । जुलाई महिनामा मात्र भित्रिएका कुल ४४ हजार ४६२ मध्ये ३८.९ प्रतिशत भारतीय रहेको उनले जानकारी दिए । 

Advertisement

Advertisement