आफ्नो बच्चाको ‘डीएनए टेस्ट गरिदे’ भन्दा निहारिकाले जल्नुपर्ने, त्यो अत्याचार होः बालेन

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)ले अविवाहिता आमा निहारिका राजपुतको बच्चाको डीएनए टेष्ट गरिदिनुपर्ने बताएका छन् । 

उनले निहारिकालाई भेटेपछि सामाजिक सञ्जालमा लेख्दै राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नसक्नुपर्ने बताएका छन् । बालेनले लेखेका छन्, ‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन् । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

Advertisement

आफ्नो बलात्कारपछि जन्मिएको बच्चाको न्यायका लागि लामो समयदेखि संघर्ष गर्दै आएकी निहारिकामाथि प्रहरी प्रशासनले अमानवीय व्यवहार गर्नुका साथै अदालतले समेत पीडकको पक्षमा फैसला गरिदिएको छ । पछिल्लो समयमा निहारिकाको पक्षमा ठूलो जनमत निर्माणसमेत भएको छ । 

Advertisement

Advertisement