सुर्या लाइफको नाफा खुम्चियो, बीमा शुल्कबापत ५ अर्ब ५ करोड

Advertisement

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सको खुद नाफा घटेको छ। गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार यो बीमा कम्पनीको नाफा घटेर १३ करोड ४५ लाख ४५ हजार रुपियाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २० करोड रुपियाँ थियो। नोक्सानीको व्यवस्था गर्न १३ करोड ४५ लाख रुपियाँ छुट्याएपछि नाफा घटेको हो। 

अघिल्लो आर्थिक वर्षमा कम्पनीले यस्तो खर्च १ करोड २७ लाख रुपियाँ मात्रै छुट्याउनुपरेको थियो। कम्पनीको आम्दानी भने बढेको छ। अघिल्लो आर्थिक वर्षमा ३० करोड रुपियाँ मात्रै आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षमा ३६ करोडभन्दा बढी आम्दानी गरेको छ।

Advertisement

कुल बीमा शुल्कबापत कम्पनीले ५ अर्ब ५ करोड ३९ लाख ५८ हजार रुपियाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ४ अर्ब २३ करोड मात्रै कमाएको थियो।  कम्पनीको प्रति शेयर आम्दानी ५.२८, मूल्य आम्दानी अनुपात ७३.३६ र प्रति शेयर नेटवर्थ १२३.३६ छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपियाँ कायम भएको छ । जीवन बीमा कोषमा १४ अर्बभन्दा बढी रकम छ । 

Advertisement

Advertisement