मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई हिमाल डेन्टल र भिभान्ता डेन्टल १५ प्रतिशतसम्म छुट

Advertisement

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलसँग विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । 

सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले देशभर विभिन्न ठाँउहरु (काठमाडौं भित्रः धुम्बाराही, चावहिल, लगनखेल, साखु र काठमाडौं बाहिरः चितवन, नेपालगञ्ज, बैतडी, मकवानपुर, कञ्चनपुर, सुनसरी, कैलाली, डडेलधुरा) मा शाखा रहेको हिमाल डेन्टल अस्पताल छुट पाउने छन् । 

Advertisement

त्यसैगरी काठमाडौंको कमलपोखरीमा रहेको भिभान्ता डेन्टलमा विभिन्न सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।  

Advertisement

Advertisement