पुनः एकीकरण कार्यक्रमबारे अहिले नै नकारात्मक कुरा गरे अरुण तेस्रो जस्तो हुन्छः मन्त्री कुँवर

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रम तत्काल कार्यान्वयन गर्ने बताउनुभएको छ । 

आईतवार काठमाडौंमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रममा कार्यान्वयन विषय परामर्श गोष्ठीमा उनले सरकारले उक्त कार्यक्रममा वैदेशिक रोजगारदाताहरुको सहयोग, अनुदान र लगानीमा आकर्षित गर्ने गरी प्रावधानहरु राखिएको बताए । 

Advertisement

मन्त्री कुँवरले वैदेशिक रोजगारबाट फर्किएका तर पुँजी नभएका श्रमिकहरुलाई पनि यो कार्यक्रममा समावेश गरेर अगाडि बढ्ने बताए । उनले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रमप्रति अहिले नै नकारात्मक कुरा गर्न राम्रो नहुने बताए । 

कुँवरले कार्यक्रम कार्यान्वयन नआई नकारात्मक कुराहरु गर्दा अरुण तेस्रो जलविद्युत आयोजना जस्तै हुने उदाहरण दिए । उनले भने, ‘वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रममा सरकारले गैर सहकारी संस्थाहरुलाई पनि जोडेका छौं । वैदेशीक रोजगार दाताहरुको सहयोग,अनुदान र लगानीमा आकर्षित गर्ने गरी नीतिमा प्रावधानहरु राखिएको छ । विदेशबाट फर्किएकाहरुसँग पुँजी नभएकाहरुलाई पनि यो कार्यक्रममा समावेश गर्ने विषयमा समेटेको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रमप्रति नकारात्मक कुरा गर्न राम्रो हुँदैन । उक्त कार्यक्रम कायान्वयनका सन्दर्भमा अरुण तेस्रो जस्तै हुन्छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रममा कार्यान्वयन गर्न सबै मिलेर लाग्यौं । तत्काल कार्यान्वयनको तहमा पु¥यौं । वैदेशीक रोजगारबाट नेपाल फर्केर उद्यम गरिरहेकाहरुसँग अन्तक्रिया गरेर अगाडि बढ्नुपर्छ ।’

मन्त्री कुँवरले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रम कार्यान्वयन गर्न सबै मिलेर लाग्न आवश्यक रहेको बताए । उनले वैदेशीक रोजगारबाट नेपाल फर्केर उद्यम गरिरहेकाहरुसँग पनि समन्वय गरेर कार्यक्रम कार्यान्वयनमा लैजाने बताए । 

Advertisement

Advertisement