प्रभु बैंकका ग्राहकलाई ग्रीन लाइफ हेल्थ केयरमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता

Advertisement

काठमाडौँ । प्रभु बैंक र ग्रीन लाइफ हेल्थ केयर प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौतामा बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र ग्रीन लाइफ हेल्थ केयरका प्रमुख प्रशासनिक अधिकृत डा. सरिता ढकालले हस्ताक्षर गरेका छन् ।

Advertisement

सम्झौता अनुसार बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले ग्रीन लाइफद्वारा सञ्चालित सेवामा (चिकित्सक परामर्श शूल्क) बाहेक अन्य सेवा शूल्कमा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ । साथै फार्मेसी सेवा शूल्कमा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

सुविधा लिन चाहने बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, ग्रीन लाइफ हेल्थ केयरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Advertisement

Advertisement