सनराइज बैंकद्वारा सुनवलमा चौतारी निर्माण

Advertisement

काठमाडौँ । सनराइज बैंकले सुनवलको वडा नं ०३ स्थित किर्तिपुर–०२ नं मा चौतारीको निर्माण गरेको छ । 

उक्त चौतारीको उद्घाटन कार्यक्रममासुनवल नगरपालिका प्रमुख बिमला अर्याल, सभा अध्यक्ष पुमसरी गुरुङ्ग, बैंकका नायब महा–प्रबन्धक अपछकुमार यादव र सुनवल वडा नं ०३ का वडा अध्यक्ष पविन गुरुङ्ग तथा अन्य विभिन्न पदाधिकारी, समाजसेवी तथा स्थानियबासिहरुको उपस्थिति रहेको थियो ।

Advertisement

स्थानीयहरु विश्राम गर्ने, समाजका विभिन्न छलफल, भेला तथा कार्यक्रमहरु हुने उक्त चौतारीको निर्माणले समाजमा अतुलनिय योगदान पुर्याएको नगर प्रमुख अर्यालले बताए । 

संस्थागत उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु देशका विभिन्न ठाउँहरुमा गरिरहेको बैंकले गाउँ ठाउँको भौतिक संरचना निर्माण गरी समाजलाई सहयोग गर्न पाएकोमा बैंकका नायब महा–प्रबन्धक यादवले खुसी व्यक्त गरे । 

बैंकले हरेक वर्ष आफ्नो नाफाको १ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको छ । गत वर्ष पनि १५० भन्दा बढी कार्यक्रहरु गरेको बैंकले जनाएको छ ।
 

Advertisement

Advertisement