ग्राण्डी र ज्योति समूहबीचको विवाद टुंगियो, साधारणसभाबाट को को आए नयाँ सञ्चालक ?

Advertisement

काठमाडौं । ग्राण्डी अस्पतालको शनिबार सम्पन्न दशौं बार्षिक साधारणसभाबाट अस्पतालको संस्थापन पक्ष र अस्पतालको ठूलो लगानीकर्ता ज्योति समूहबीचको विवाद समाधान भएको छ । 

ज्योति समूहलाई दिनुपर्ने रकम बैंकबाट ऋण लिएर भुक्तानी गर्न संस्थापन पक्ष सहमत भएपछि दुवै पक्ष मिलेर अघि बढ्न तयार भएको हो । ज्योति समूहको २५ प्रतिशत लगाानी रहेको ग्राण्डीमा गैरआवासीय नेपाली संघका संस्थापक उपेन्द्र महतोको पनि लगानी छ । 

Advertisement

साधारणसभाबाट कम्पनीको सञ्चालक समितिमा प्राडा सुनिलराम बैद्य, पंकज अधिकारी, फुर्पा लामा, विजयराज भण्डारी, दीपक कुँवर, मिरा अधिकारी चयन भएका छन्  । सञ्चालक समितिले अध्यक्ष चयन गर्न र एकजना स्वतन्त्र सञ्चालक मनोनयन गर्न बाँकी छ । 

सञ्चालक वैद्यले सबै विवाद समाधान गरेर अस्पताललाई सहजरुपमा अघि बढाउने सहमति भएको र सर्बसम्मतरुपमा नै नयाँ सञ्चालक समिति चयन भएको बताए । उनले भने, ‘नयाँ सञ्चालक समितिले हदैसम्म लचकताका साथ समन्वयमा काम गरी विवादलाई चाँडोभन्दा चाँडो निष्कर्षमा पुर्याउँछ । त्यसमा सबैजना सहमत हुनुभएको छ ।’

वैद्यले पूरानो कार्यसमिति खारेज भएर नयाँ आएको र ज्योति समूहलाई तिर्नुपर्ने पैसा चाँडोभन्दा चाडो भुक्तानी गर्ने र अदालतमा रहेको मुद्दा पनि चाँडो टुङ्ग्याउने भद्र सहमति भएको बताए । 

अस्पतलाका अर्का लगानीकर्ता उपेन्द्र महतोले अस्पताल जस्तो संवेदनशील ठाउँमा विवाद कायम राख्दा राम्रो सन्देश नजाने भएकाले मिलाउने काम भएको बताए । उनले ऋण लिएर भए पनि ज्योति समूहलाई दिनुपर्ने रकम दिने कुरा भइसकेकाले अब कुनै विवाद नरहेको बताए । 

Advertisement

Advertisement