वाणिज्य बैंकहरुमा साउन महिनाको २७ दिनमा एक खर्ब २० अर्ब रुपियाँ निक्षेप घट्यो

Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुमा साउन महिनाको २७ दिनमा कूल निक्षेप १ खर्ब २० अर्ब रुपियाँ घटेको छ । 

नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार साउन महिनाको साता ६३ अर्ब, दोस्रो साता २८ अर्ब, तेस्रो साता ४ अर्ब र चौथो साता (साउन २७ गतेसम्म) कूल निक्षेप २५ अर्बले घटेर ४४ खर्ब २१ अर्बमा झरेको हो । 

Advertisement

गत आव आव २०७८÷७९ को अन्तिम महिना असार मसान्तसम्म कूल निक्षेप ४५ खर्ब ४१ अर्ब रहेको थियो । 

त्यसैगरी कूल कर्जा लगानी गत साता ९ अर्बले बढेर ४१ खर्ब ७५ अर्बमा उक्लिएको छ । साउन महिनाको पहिलो साता कूल लगानी १० अर्ब, दोस्रो साता १ अर्बले घटेको थियो भने तेस्रो साता २ अर्बले बढेको थियो ।    

गत आवको अन्तिम महिना असार मसान्तसम्म कूल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब पुगेको थियो । 

Advertisement

Advertisement