सिद्धार्थ बैंकको मोबाइल बैंकिङ सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति

Advertisement

काठमाडौँ । सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति भएको छ  । बैंकले ग्राहकहरुलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ्ग सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरी 'सिद्धार्थ बैंक स्मार्ट एक्सपी' नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको जनाएको छ । 

नयाँ एप मार्फत बैंकका ग्राहकहरूले जुनसुकै समयमा, जहाँसुकैबाट मोबाइल, ट्याबलेट, ल्यापटप जस्ता माध्यमबाट विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु उपभोग गर्न सक्ने बैंकले जनाएको छ। सेवाहरु उपभोग गर्नका लागि बैंकका हालका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले आफ्नो बैंकिङ्ग एपलाई अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरुले  एपलाई डाउनलोड गरी प्रयोग गर्न सक्ने बैंकले उल्लेख गरेको छ।

Advertisement

आधुनिक र नविनतम प्रविधि प्रयोग गरेर बनाइएको मोबाइल बैंकिङ्ग एपको नयाँ संस्करण ग्राहकहरूले सजिलै वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार एप मार्फत ग्राहकहरुले पासवर्ड र पिन बिर्सिएमा आफैले रिसेट गर्न सक्ने,नयाँ चेकबुक अनुरोध गर्न सक्ने, बैंकले दिने सेवा सम्बन्धी जानकारी वा समस्या परेमा सोधपुछ र दर्ता गर्न सक्ने, बैंकका कर्मचारीहरुसँग भेट्ने समय सुनिश्चित गर्न सक्ने, तथा निक्षेप तथा कर्जा खाताको ब्याज हेर्न सक्ने सकिने छ ।

यसका अतिरिक्त डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङ्ग मार्फत क्युआर कोड स्क्यान गरी भुक्तानी पाउने लगायतका सेवाहरु पनि ग्राहकहरुले उपभोग गर्न सक्ने बैंकले उल्लेख गरेको छ।

डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने लक्ष्य लिइ आगामी दिनहरुमा यस मोबाईल बैंकिङ्ग सेवामा अरु पनि सुविधाहरु थप गरी बैंकिङ्ग सेवालाई अझ बढी प्रभावकारी, प्रविधिमैत्री​ र ग्राहकमैत्री बनाउँदै लैजाने बैंकले जनाएको छ।

 बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११७ शाखारहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस् मेसिन र २०,००० भन्दा बढी क्युआर मर्चेन्ट मार्फत  बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

Advertisement

Advertisement