बीओकेका ग्राहकलाई मानसरोवर मनोरञ्जन पार्कमा १० प्रतिशत छुट दिने सम्झौता

Advertisement

काठमाडौँ । बैंक अफ काठमाण्डू (बीओके) र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टबीच १० प्रतिशतन छुट उपलब्ध गराउने सम्झौता भएको छ  ।

सम्झौता पश्चात् ग्राहकहरुले मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्ट मा उपलब्ध हुने सेवाहरुमा एकमुष्ट १० प्रतिशतको छुट पाउने छन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नु पर्नेछ । 

Advertisement

बीओकेले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।
 

Advertisement

Advertisement