पिपुल्स पावरले सर्वसाधारणका लागि आईपीओ खुलायो

Advertisement

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज (मंगलबार) बाट सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले २२ लाख ९४ हजार ६ सय २८ कित्ता आईपीओ जारी गरेको हो। 

आयोजना प्रभावित क्षेत्र, कर्मचारी तथा सामूहिक लगानी कोषलाई साधारण शेयर बाँडफाँटपछि सर्वसाधारणका लागि जारी गरिएको हो। शेयर खरिदका लागि भदौ ५ गतेसम्म आवेदन दिन सकिने छ। मागअनुसार आवेदन नपरेमा भदौ १४ गतेसम्मका लागि लम्ब्याइने कम्पनीले जनाएको छ। 

Advertisement

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएस एण्ड क्लियरिङको 'मेरो सेयर' एप र वेबसाइटबाट पनि दिन सकिन्छ । 

कम्पनीले जारी पुँजी ६३ करोड २६ लाखको ४९ प्रतिशतले हुन आउने ३१ लख कित्ता साधारण शेयर जारी गरेको हो। जसमध्ये पु्ँजीको १० प्रतिशत अर्थात ६ लाख ३२ हजार ६०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइ बिक्री गरिसकेको छ। 

कम्पनीले अति प्रभावित क्षेत्र इलाम जिल्लाका बासिन्दाका लागि निष्कासन गरि बिक्री गरिसकेको छ। यस्तै बाँकी रहेको ३९ प्रतिशत मध्ये ५ प्रतिशतले हुन आउने १ लाख २३ हजार ३६० कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँडफाँट गरिएको छ। कर्मचारीहरूका लागि छुट्याएको २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता पनि बाँडफाँट गरिएको छ। बाँकी रहेको साधारण सेयर मंगलबारदेखि सर्वसाधारणमा बिक्री गर्न लागिएको हो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ।

Advertisement

Advertisement