गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले घोषणा गर्यो लाभांश

Advertisement

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई ७.८३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको सोमबार बसेको बैठकले आव २०७६/७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७.४४२४८५ प्रतिशत बोनस शेयर र कर बापत ०.३९१७१ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव बोधलाल पुरीले जनाएका छन् । 

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् । 

Advertisement

Advertisement