एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ मा भदौ ९ गतेसम्म आवेदन दिन पाइने

Advertisement

काठमाडौँ । एनएमबि क्यापिटल लिमिटेडले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ नामको म्युचुअल फण्डमा आवेदन दिने मिति भदौ ९ गतेसम्म लम्ब्याएको छ । 

एनएमबि सुभल इन्भेष्टमेन्ट फण्ड २ एक बन्दमुखि योजना हो । यस योजनाको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्षको हुनेछ । क्यापिटलले यस अघि नै एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ निष्काशन गरिसकेको जनाएको छ ।

Advertisement

कम्पनीले साउन २६ गतेदेखि प्रति इकाई १० रुपियाँ दरको १२ करोड इकाई निष्काशन गरेको हो । १ करोड ८६ लाख इकाई कोष प्रबर्द्धक एनएमबि बैंक, १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याएर बाँकी १० करोड २० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।


 

Advertisement

Advertisement