काठमाडौं दरबार स्क्वायर पर्यटन प्रर्वद्धन संघको नयाँ कार्यसमिति गठन

Advertisement

काठमाडौं । काठमाडौं दरबार स्क्वायर पर्यटन प्रर्वद्धन संघको नयाँ कार्यसमिति गठन भएको छ । संघको अध्यक्षमा शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका छन् । 

संघले सोमबार कार्यक्रम गर्दै नयाँ कार्यसमिति घोषणा गरेको हो । समितिको महासचिवमा पुरुषोत्तम डंगोल र कोषाध्यक्षमा सञ्जयमान श्रेष्ठ, सदस्यहरुमा दिनेश सुवाल, किरण श्रेष्ठ, चिरनरत्न शाक्य, डिल्लीरत्न तुलाधर, मनिस मुलेपति र अभिनवदास श्रेष्ठ छन् ।

Advertisement

सन् २०६२ मा हनुमानढोका दरबार क्षेत्रको संस्कृति, सम्पदाको संरक्षण गर्ने उद्देश्यले यो संघ स्थापना भएको हो । अध्यक्ष बज्राचार्यका अनुसार हनुमानढोका दरबार क्षेत्र, वसन्तपुर र त्यस आसपासमा घुम्न आउने पर्यटकहरुका लागि आवश्यक पूर्वाधार र वातावरण बनाउँदै स्थानीयलाई स्वरोजगार बन्ने स्थिति बनाउन होम स्टे, सुविधाजनक होटेल, रेष्टुरा खोल्न चाहनेहरुलाई तालिम तथा प्रशिक्षण दिने र उद्यमशीलता विकास गर्ने बताए । 

Advertisement

Advertisement