शेयर बजार पुनः घट्योः सबै समूह राताम्मे, दुई अर्ब ७३ करोडको कारोबार

Advertisement

काठमाडौँ । शेयर बजार पुनः घटेको छ । एकसाता निरन्तर घटेको शेयर बजार हिजो उच्च अंकले बढे पनि आज पुनः घटेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज २४.८३ अंकले बजार घटेको हो । १.२० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०४१.०६ अंकमा ओर्लिएको छ । 

Advertisement

आज २२१ कम्पनीका ६४ लाख ६ हजार ७ सय ३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपियाँ बराबरको कारोबार भएको छ । 

बजार घटेको दिन सबै समूह राताम्मे भएका छन् । निर्जीवन बीमा समूह सबैभन्दा बढी १४२.०१ अंकले घटेको हो । 

समग्रमा बजार घटे पनि अपर हेवाखोला हाइड्रोको शेयर मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने यूनिलिभर नेपालका लगानीकर्ताले सबैभन्दा बढी ५.६२ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज रिडी पावर कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४० करोड ८२ लाख ४७ हजार ८ सय ८८ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार २७.९२ अंकले बजार घट्दा १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८ सय ९७ रुपियाँ र हिजो सोमबार ५५.८८ अंकले बजार बढ्दा २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६ सय १२ रुपियाँ बराबरको कारोबार भएको थियो ।

नयाँ आर्थिक वर्ष २०७९/८० को पहिलो दिन साउन १ गते बजार १.९३ अंकले बढ्दा नेप्से परिसूचक २०११.३९ अंकमा पुगेको थियो भने साउन महिनाको अन्तिम दिन नेप्से २०४१.०६ अंकमा पुगेको छ ।       

Advertisement

Advertisement