‘स्ट्यान्डर्ड नाप र तौल विधेयक २०७८’ बहुमतले पारित

Advertisement

काठमाडौं । नापतौल ऐन २०२५ लाई संशोधन गर्न ल्याइएको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७८’ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाको सन्देशसहितको उक्त विधेयक पारित गरेको हो । 

यसअघि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त विधेयक पारित गरियोस भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त विद्येयकमाथि सांसदहरुले उठाएका प्रश्नको उनले जवाफ दिएका थिए । सांसद प्रेम सुवाल र घनश्याम खतिवडाले उक्त विधेयकमाथि प्रस्तुत गरेको संशोधन प्रस्ताव भने सदनमा बहुमतले अस्वीकृत गरेको थियो ।

Advertisement

Advertisement

Advertisement