मूल्य बृद्धि ८.०८ प्रतिशत पुग्योः पहाडमा सबैभन्दा धेरै, काठमाडौँ उपत्यकामा कति ?

Advertisement

काठमाडौँ । गत आर्थिक वर्ष २०७८/७९ को असार महिनामा  ८.०८ प्रतिशत मूल्य बृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा आज प्रकाशित आव २०७८/७९ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा उक्त तथ्य उल्लेख गरिएको हो ।  

Advertisement

२०७८ असार महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो ।

विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले आर्थिक वर्ष २०७८/७९ का पछिल्ला महिनाहरुमा मुद्रास्फीतिमा चाप रहन पुग्यो । यद्यपि आर्थिक वर्ष २०७८/७९ को शुरुवाती महिनाहरुमा न्यून मुद्रास्फीति रहेको कारण वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.३२ प्रतिशतमा सीमित रहयो । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ३.६० प्रतिशत रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २६.१३ प्रतिशत, ९.९२ प्रतिशत, ९.८४ प्रतिशत र र ८.५७ प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः १५.८२ प्रतिशत, ८.७८ प्रतिशत, ७.०९ प्रतिशत र ६.६८ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५.६९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ५.०० प्रतिशत रहेको थियो । २०७९ 

असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत मुद्रास्फीति भने ६.८९ प्रतिशत रहेको छ । २०७८ असार महिनामा यस्तो मुद्रास्फीति ५.८१ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति २.५१ प्रतिशत रहेको थियो । २०७९ असार महिनामा गैर–खाद्य तथा सेवा समूहको
वार्षिक विन्दुगत मुद्रास्फीति ९.०३ प्रतिशत रहेको छ । २०७८ असार महिनामा यस्तो मुद्रास्फीति २.९४ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८÷७९ मा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ५.७३ प्रतिशत, तराईमा ६.४१ प्रतिशत, पहाडमा ६.८७ प्रतिशत र हिमालमा ६.०७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति क्रमशः ३.३३ प्रतिशत, ३.६८ प्रतिशत, ३.८७ प्रतिशत र २.८७ प्रतिशत रहेको थियो । 

Advertisement

Advertisement