धरानका मेयरले अर्थमन्त्रीलाई भेटेर मागे खानेपानी आयोजनाका लागि पैसा

Advertisement

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले अर्थमन्त्री जनार्दन शर्मासँग भेटेर धरानको खानेपानी समस्या समाधानको लागि बजेट मागेका छन् । 

मंगलबार शर्मालाई भेटेर उनले खानेपानीको समस्या समाधानका लागि सहयोग गर्न केन्द्र सरकारसँग आग्रह गरेका हुन् । प्रतिउत्तरमा मन्त्री शर्माले त्यसका लागि आफू प्रतिवद्ध रहेको जवाफ दिएको मन्त्रीको सचिवालयले जनाएको छ । 

Advertisement

मन्त्री शर्माले प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन सरकारले धरान उमिहानगरपालिकालाइ सहयोग गर्ने आश्वसन दिएका थिए । 

उनले धरानका जनताको  खानेपानीको समस्या समाधान गर्न मेयर राईले गरेको जनपरिचालनको प्रसंशा गर्दै भने, ‘तपाईंले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निक्कै उदाहरणीय छ ।’

मेयरराईले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न केन्द्रको सहयोग आवश्यक रहेको भन्दै भने, ‘तपाईंहरु हाम्रो अविभावक हो । जनताको यो समस्या समाधान गर्न आवश्यक सहयोग गरिदिनुहोला् ।’ भेटमा धरान महानगरपालिकाका उपमेयर अईन्द्रबिक्रम बेघा पनि थिए ।

Advertisement

Advertisement