गरिमा क्यापिटलको सीईओमा भट्टराई नियुक्त, सम्हाले कार्यभार

Advertisement

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निर्मल भट्टराई नियुक्त भएका छन् ।  

साउन २९ गते बसेको संचालक समितिको बैठकले आजबाट लागु हुने गरी सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

Advertisement

सीईओ नियुक्त भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका छन् । उनी यसै संस्थाको स्थापनाकालदेखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएकोमा हाल संस्थाको सीईओ नियुक्त भएका हुन् । 

यसअघि उनले गरिमा क्यापिटलको निमित्त सीईओका रूपमा कार्यभार सम्हाल्दै आएका थिए ।  

गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । 
 

Advertisement

Advertisement