शेयर बजार झिनो अंकले घट्योः डेढ अर्ब पनि पुगेन कारोबार

Advertisement

काठमाडौँ । शेयर बजार आज झिनो अंकले तल झरेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ०.३६ अंकले तल झरेको हो । ०.०२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०४०.७० अंकमा ओर्लिएको छ । 

Advertisement

आज २२० कम्पनीका ३४ लाख ९७ हजार ८ सय ८१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २ सय ५६ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि विकास बैंक, हाइड्रो, वित्त, निर्जीवन बीमा, उत्पादनमूलक, लघुवित्त समूह र म्युचुअल फण्ड क्रमशः २२.३२, १६.३२, ७.८९, ३३.०८, २.५२, ३.०९ र ०(०५ अंकले बढेका छन् । बाँकी समूह राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ४५.३३ अंकले घटेको हो । 

समग्रमा बजार घटे पनि ६ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । स्वेतगंगा हाइड्रो, मन्दाकिनी हाइड्रो, अपर हेवा खोला हाइड्रो, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, सपोर्ट माइक्रोफाइनान्स र दोर्दीखोला जलविद्युत कम्पनीको शेयर मूल्य क्रमशः १०, ९.९९, ९.९९, ९.९८, ९.९८ र ९.१७ प्रतिशतले बढेको हो । त्यसैगरी सामलिङ पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ५.१४ प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेप्सेका अनुसार आज रिडी पावर कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १८ करोड ४३ लाख ११ हजार ८ सय ९८ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । 

साताको पहिलो दिन आइतबार २७.९२ अंकले बजार घट्दा १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८ सय ९७ रुपियाँ, सोमबार ५५.८८ अंकले बजार बढ्दा २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६ सय १२ रुपियाँ र हिजो मंगलबार २४.८३ अंकले बजार घट्दा २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपियाँ बराबरको कारोबार भएको थियो । 

Advertisement

Advertisement