साउनमा ३८ अर्ब लगानीको प्रतिवद्धतासहित २४ उद्योग दर्ता भए, कुन कहाँ खोलिने छ ?

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा २४ उद्योग (साना, मझौला, ठूला) दर्ता भएका छन् । यस महिनामा ३८ अर्ब रुपियाँभन्दा बढी लगानीको प्रतिवद्धतासहित उद्योगहरु दर्ता भएका हुन् । 

दर्ता भएका उद्योगमा पर्यटन र सेवामूलक क्षेत्रमा ६–६ वटा, उर्जा र उत्पादनमूलकमा ५–५ र सूचना संचार तथा प्रसारण प्रविधिमा आधारित २ रहेको उद्योग विभागले जनाएको छ । त्यस्तै, आकारका हिसावले साना उद्योग १०, मझौला उद्योग ५ र ठूला उद्योग ९ वटा दर्ता भएका हुन् । 

Advertisement

ठूला, मझौला र साना गरी दर्ता भएका २४ उद्योगहरु क्रमशः ३५ अर्ब, १ अर्ब, १ अर्बभन्दा बढी लगानी प्रतिवद्धताका छन् । यी उद्योगहरु विभिन्न १३ जिल्लामा खोल्ने उद्देश्यका साथ दर्ता भएका हुन् जसमध्ये नौ वटा काठमाडौंमा मात्रै खोलिने छ । बाँकीमध्ये तीन झापामा, दुई भोजपुरमा र ललितपुर, भक्तपुर, चितवन, सोलुखुम्बु, कञ्चनपुर, मोरङ, कास्की, दोलखा, मनाङ, सुनसरीमा १–१ उद्योग खोल्नेगरी दर्ता भएका छन् । 

काठमाडौंमा गत साउन महिनामा चार अर्ब ३६ करोड २५ लाख रुपियाँ लगानीमा वर्ल्डवाइड कन्सर्न कन्ट्रक्सन प्रालि, बुढानिलकण्ठ हेरिटेज लिमिटेड, याङग याङग इन्टरनेशनल कार्गो प्रालि, मारिया होटल ए रेष्टुरेन्ट, युवान होटल एण्ड रेष्टुरेन्ट, हुवालिन होटल एण्ड रेष्टुरेन्ट, विज्ञापन टेक प्रालि, आईपी लजिष्टिक्स प्रालि र बिजे इन्भेष्टमेन्ट प्रालि गरी ९ वटा उद्योग दर्ता भएका हुन् ।

Advertisement

Advertisement