सिद्धार्थ बैंकको मोबाइल बैंकिङ स्तरोन्नती, ठगी नियन्त्रण हुने

Advertisement

काठमाडौँ । सिद्धार्थ बैंकले आफ्नो मोबाईल बैंकिङ एपलाई ‘सिद्धार्थ बैंकस्मार्टएक्स्पी’मा स्तरोन्ती गरेको छ । यसबाट एपमा हुने धोकाधडी (ठगी) नियन्त्रण गर्नुका साथै सर्बमाध्यम एवम् बहुच्यानल मार्फत सहजै प्रयोग गर्न सकिनेछ ।  
 
एफवान सफ्ट इन्टरनेशनलले प्रवर्द्धन गरेको नयाँ एप्लिकेशन बैंकएक्स्पी आर्किटेक्चरमा आधारित छ, जसले प्रयोगकर्ताको कार्यक्षमताको दायरालाई अझ फराकिलो बनाउनेछ ।  

‘सिद्धार्थ बैंक स्मार्टएक्सपी’ डिजिटल बैकिङमा सर्वव्यापी दृष्टिकोणमा आधारित छ । यसले ग्राहकलाई उनीहरुको मोबाईल र वेब उपकरणबाट एप्लिकेशन प्रयोग गर्नका लागि उही प्रमाणहरु (पासवर्ड) प्रयोग गरी प्रयोग गर्न सकिनेछ ।  नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड÷पिन रिसेट, इएपोइन्टमेन्ट, उपकरणहरुबीचको अन्तरसञ्चालन लगायतका थुप्रै सुविधा उपलब्ध छन् ।  

Advertisement

साथै ‘सिद्धार्थ बैंकस्मार्टएक्सपी’ले ठगी नियन्त्रणमा नविनतम संयन्त्रलाई पनि प्रयोग गरिरहेको छ । यस एपमा प्रयोगकर्ताले लग इन गर्न खोजेको सिम नम्बर स्वतः प्रमाणित गर्ने क्षमता छ । प्रयोगकर्ताको खातामा दर्ता भएको सिम त्यहि नम्बर हो भनी प्रमाणित नभएसम्म प्रयोगकर्तालाई एप प्रयोग गर्न अनुमति दिँदैन । 
 
‘ग्राहकहरु मोबाईल बैंकिङ प्रयोग गर्न हिचकिचाइरहेका छन्, किनभने अन्य व्यक्तिले उनीहरुको खातामा पहुँच पुर्याउन सक्ने संभावना छ । अटो–भेरिफिकेशनको प्रयोग गरेर ठगी नियन्त्रणमा हाम्रो पछिल्लो प्रयासले ठगीलाई न्यूनिकरण गरिनेछ र प्रमाणित ग्राहकहरुले मात्र मोबाईल बैंकिङ्ग मार्फत आफ्नो खातामा पहुँच प्राप्त गर्नेछन्’ सिद्धार्थ बैंकका एक प्रतिनिधिले भने । 

‘सिद्धार्थ बैंकस्मार्टएक्सपी’ प्ले स्टोर र एप स्टोर दुबैमा डाउनलोडका लागि उपलब्ध छ ।  
 

Advertisement

Advertisement