हिम पर्वत हाईड्रोले आईपीओ निष्काशन गर्ने, सिबिआईएल क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Advertisement

काठमाडौँ । हिम पर्वत हाईड्रोपावर लिमिटेडले ४२ करोड रुपियाँ बराबरको ४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । 

कम्पनीले आईपीओ निष्काशनका लागि सिबिआईएल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । 

Advertisement

उक्त सम्झौतामा हिम पर्वत हाईड्रोका अध्यक्ष हिमाल गुरुङ तथा सिबिआईएल क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरेका छन् ।  

कम्पनीले १४ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता शेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । 

कम्पनीले दोलखा जिल्लामा २० मेवाको साँगु खोला जलविद्युत आयोजना र ५.५० मे।वा।को साँगु खोला—१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मेवाको जलविद्युत आयोजना निर्माण गरिरहेको जनाएको छ ।

Advertisement

Advertisement