शुभलक्ष्मी कोषमा आवेदन दिने आज अन्तिम दिन

Advertisement

काठमाडौं । लक्ष्मी क्यापिटलद्वारा सञ्चालित म्युचुअल फन्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।साउन १९ गतेदेखि निष्कासनमा आएको लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने शुभ लक्ष्मी कोष बिहीबार साँझ बैंकिङ अवधिपछि बन्द हुनेछ ।
 
यस योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपियाँ दरको ५ करोड इकाईमध्ये न्यूनतम ७५ लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरि ४ करोड २५ लाख इकाई निष्कासन गरेको हो। जसमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई निष्कासन गरेको हो।

यो इकाईका लागि लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५० लाख इकाईका लागि आवेदन दिन सकिनेछ। कोषको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ। यो फन्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड छ।

Advertisement

Advertisement

Advertisement