संस्थापक शेयर बिक्री गर्दै प्रभु बैंक

Advertisement

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहको शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ। भदौ १० गतेदेखि बिक्री खोल्न लागेको हो।

बिहीबार बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडले एक सूचना जारी गर्दै बिक्री गर्ने जानकारी गराएको हो। कम्पनीको ५० हजार कित्ता संस्थापक शेयर १४० रुपियाँमा बिक्री हुनेछ। यस्तो शेयरमा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ।

Advertisement

खरीद गर्न योग्य इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले यस संस्थापक शेयरमा भदौ १७ गतेभित्र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंक नक्सालमा शिलबन्दी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ। 

Advertisement

Advertisement