राजश्व सचिव दंगालले सम्हाले पदभार

Advertisement

काठमाडौँ । राजश्व सचिव भएका रामेश्वर दंगालले आज पदभार ग्रहण गरेका छन् ।

सरकारले राजश्व सचिव कृष्णहरि पुष्करलाई अर्थसचिवमा नियुक्त गरेसँगै दंगाल राजश्व सचिव नियुक्त भएका हुन् । 

Advertisement

सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिव रहेका दंगाललाई गतसाता सरकारले राजश्व सचिव नियुक्त गरेको हो । 

अर्थसचिव मधु मरासिनी अर्थमन्त्री जनार्दन शर्मासँगको मतभेद पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएसँगै राजश्व सचिव पुष्कर अर्थ र दंगाल राजश्व सचिव नियुक्त भएका हुन् । 

गत पुसमा मात्रै दंगाल सचिवमा बढुवा भएका थिए । 

Advertisement

Advertisement