तेश्रो बर्षमा ‘औजार’: युवा पुस्ताको लागि रोजगारीको राम्रो अवसर

Advertisement

काठमाडौँ । दुईबर्ष अघि ‘सबै घरायसी प्राबिधिक समस्याको एक समाधान’ भन्ने मूल नाराका साथ संचालनमा आएको ‘औजार एक सोलुसन’ तेश्रो बर्षमा प्रवेश गरेको छ । 

एक जना प्रबन्धक, एक जना ब्यवस्थापक अनि दुई जना बाह्य प्राबिधिकबाट सुरु गरेको ‘औजार’ले दुई बर्षको अवधिमा १६ जना दक्ष प्राबिधिक, ३२ जना अर्ध दक्ष प्राबिधिक, चार जना प्रशासक, दुई जना इञ्जिनियरसहित ५४ जनाको ठूलो परिवारसहित अघि बढीरहेको प्रबन्धक अजयकुमार त्रिपाठीले बताए । 

Advertisement

युवा पुस्ताको लागि रोजगारीको राम्रो अवसर ‘औजार’ मा रहेको र नेपालमै केहि गरौं भन्ने सोच भएकाहरुलाई ढोका सधै खुल्ला रहने प्रबन्धक त्रिपाठी बताउँछन् । 

दुई ओटा सेवाबाट सुरु गरेको औजारले अहिले सिभिल, कार्पेन्टर, प्लम्बिङ्ग, इलेक्ट्रिसियन, रंगरोगन, फलाम, आल्मुनियम, सिपेज, टाएल/मार्बल, नेटवर्किंङ, सरसफाई जस्तै घर तथा अफिससंग सम्बन्धित २५ भन्दा बढी सेवाहरु दिंदै आएको औजारका प्रबन्ध निर्देशक उत्सब भट्टराईले बताए । 

काठमाडौँ, ललितपुर, भक्तपुर सहित पोखरा, बुटवल, नेपालगंज, चितवन, धादिङ्गसम्म आफ्नो सेवा प्रदान गरिसकेको र कात्तिकदेखि पोखरा र चितवनमा आफ्नै कार्यालय स्थापना गर्नुको साथै थप १५ जनाले रोजगारी प्रदान गर्न लागेको भट्टराईले जानकारी दिए । 

हालसम्म आवास तथा व्यवसायिक भवन गरी १५६ भन्दा बढी सेवाग्राहीहरुलाई सेवा प्रदान गरिसकेको र आगामी बर्ष भित्रमा ५०० सन्तुष्ट ग्राहक बनाउने लक्ष रहेको छ । जसको लागि थप दक्ष जनशक्ति खाँचो रहेको जानकारी गराउँदै भट्टराईले विदेश जाने युवाहरुलाई गर्न खोजे स्वदेश मै धेरै अवसर रहेको र त्यसका लागि इमान्दारिता र मिहेनत गर्न छोड्न नहुने सुझाव दिए । 
   
 

Advertisement

Advertisement