सिडीएससीको सेवा आज साँझबाट अवरुद्ध हुँदै, आईपीओ भर्न पनि नमिल्ने

Advertisement

काठमाडौँ । सिडीएस एण्ड क्लियारिङ (सिडीएससी) को सम्पूर्ण सेवाहरु आज साँझबाट अवरुद्ध हुने भएको छ । 

सिडीएससीका अनुसार सिंहदरवार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर र्याकमा स्थानान्तरण गर्नु पर्ने भएकोले सेवाहरु अवरुद्द हुने भएको हो । 

Advertisement

आज साँझ ५ः३० देखि भोलिसम्मसम्म सिडीएससीले सञ्चालन गरेका मेरोशेयर, सीआश्वा, आईपीओ तथा हकप्रदमा आवेदन दिन, शेयर ट्रान्सफर, पोर्टफोलियो हेर्ने सेवा प्रयोग गर्न नपाउने भएका हुन् ।  

Advertisement

Advertisement