बीओकेको एक अर्ब १० करोड रुपियाँको ऋणपत्र आजदेखि निष्काशन खुला

Advertisement

काठमाडौँ बैंक अफ काठमाण्डू (बीओके) ले आजदेखि १ अर्ब १० करोड रुपियाँ बराबरको ११ लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । बैंकले ‘बिओके डिबेन्चर, २०८६ (क)’ नामक ऋणपत्र निष्काशन खुला गरेको हो । 

ऋणपत्रमा छिटोमा भदौ ७ गते र ढिलोमा भदौ १६ सम्म आवेदन दिन पाइने छ ।  न्यूनतम २५ गतेदेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाइने छ । 

Advertisement

७ वर्ष अवधि रहेको उक्त ऋणपत्र बैंकले प्रतिइकाई एक हजार रुपियाँ अंकित दरमा बिक्रीमा राखेको हो । वार्षिक १०.५ प्रतिशत ब्याजदर दिने बैंकले प्रकाशित गरेको आह्वानपत्रमा उल्लेख छ ।

बैंकले बिक्रीमा ल्याएको कुल ११ लाख कित्ता ऋणपत्रमध्ये ४ लाख ४० हजार कित्ता सर्वसाधारणलाई र ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने सर्वसाधारणका लागि छुट्याइएको मध्ये २२ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको बैंकले जानकारी गराएको छ ।

Advertisement

Advertisement