शेयर बजार तीन दिन घट्दा २ दिन बढ्यो, हाइड्रोमा लगानीकर्ताको आकर्षण

Advertisement

काठमाडौँ । शेयर बजार बढ्ने र घट्ने क्रम चलिरहेको छ । यो साता २ दिन बजार बढ्दा ३ दिन घटेको छ । सोमबार र विहीबार बजार बढेको हो भने आइतबार, मंगलबार र बुधबार बजार घटेको थियो । भोलि शुक्रबार भने श्रीकृष्ण जन्माष्टकीको बिदाका कारण बजार बन्द रहने छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार आज बजार २७.५६ अंकले बढेको छ । १.३५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०६८.२६ अंकमा उक्लिएको छ । 

Advertisement

आज २२० कम्पनीका ५१ लख १ हजार २ सय ९० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५७ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार बढेको दिन सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जलविद्युत समूह ७०.७७ अंकले बढेको हो । 


 
बजार बढेको दिन ४ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । मन्दाकिनी हाइड्रो, अपर सोलु हाइड्रो, श्वेतगंगा हाइड्रो र अपर हेवाखोला हाइड्रोको शेयर मूल्य क्रमशः १०, १०, ९.९७ र ९.९६ प्रतिशतले बढेको हो । त्यसैगरी एनआईबीएल प्रगति फण्डका लगानीकर्ताले सबैभन्दा बढी ३.८० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि रिडी पावर कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १० करोड ४३ लाख ५८ हजार ८ सय ५५.६० रुपियाँ बराबरको शेयर किनबेच भएको हो । 

साताको पहिलो दिन आइतबार २७.९२ अंकले बजार घट्दा १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८ सय ९७ रुपियाँ, सोमबार ५५.८८ अंकले बजार बढ्दा २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६ सय १२ रुपियाँ, मंगलबार २४.८३ अंकले बजार घट्दा २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपियाँ र हिजो बुधबार ०.३६ अंकले बजार घट्दा १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २ सय ५६ रुपियाँ बराबरको कारोबार भएको थियो । 
  

Advertisement

Advertisement