नागरिकता विधेयकमा कांग्रेसकै साँसदबाट विरोध सुरु, ‘पार्टीको बन्धनमा परियो’

Advertisement

काठमाडौँ । विवादास्पद नागरिकता विधेयकलाई लिएर सत्तारुढ नेपाली कांग्रेसकै साँसदबाट विरोध सुरु भएको छ । कांग्रेसकी साँसद पार्वती डिसी चौधरीले पार्टीको बन्धनमा परेर गलत नागरिकता विरोधको बारेमा कांग्रेसका साँसदहरुले बोल्न नसकेको खुलासा गरेकी छन् । 

संसदको बिहीबारको बैठकमा चौधरीले नागरिकता विधेयक ठिक नभएको बताउँदै सत्तारुढ दलका अरु सांसदहरूलाई यस विधेयकप्रति सन्तुष्ट नरहेको बताइन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री पत्नी आरजु देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले नयाँ दिल्लीमा बोलाएर कुरा गरेपछि एकाएका नेपालमा नागरिकता विधेयक पास गरिएको थियो । 

Advertisement

उक्त विधेयक संसदबाट पास भएर लालमोहरका लागि आए पनि राष्ट्रपति विद्या भण्डारीले संसदलाई नै फिर्ता गरेपछि संसदमा पक्ष र विपक्षमा विरोध सुरु भएको हो । सांसद चौधरीले आफूले निर्णयार्थ प्रस्तुत गर्दा पक्षमा मतदान गरे पनि नागरिकता विधेयक राम्रो नलागेको कुरा भन्नैपर्ने बताइन् ।

नागरिकता विधेयकलाई दलको हिसाबले समर्थन गरे पनि व्यक्तिगत हिसाबले मेरो आत्माले ठिक मानेको छैन् भन्ने उनले यस विषयलाई लिएर आज सबै नागरिक आन्दोलित रहेको बताइन् । 

चौधरीले भनिन्, ‘हामी यो चुनावको समयमा किन पारित गरिरहेका छौं ? पाँच महिना पछि त नयाँ सरकार नयाँ सदन आइहाल्छ । सात वर्ष ढिला गर्‍यौं भन्छ । सात लाख नागरिकले नागरिकता पाइरहेका छैनन् । सात वर्षसम्म ढिलाइ कसको कारणले भयो ? त्यसको क्षतिपूर्ति कसले दिने ? नागरिकता विधेयक ठिक छैन् भन्ने धेरै सांसदलाई लागेको छ तर पार्टीको बन्धनले उहाँहरूले बोल्न सक्नुभएको छैन । पार्टीभन्दा माथि उठेर मुलुकको लागि बोल्नुस् भन्न चाहन्छु ।’

Advertisement

Advertisement