नेपाली नागरिकता पाइसकेका बाबुका सन्तानलाई नागरिकता दिने कुरामा एमालेले राजनीति गर्योः पुन

Advertisement

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीतिक गरिरहेको आरोप लगाएका छन् । संसदमा नागरिकताबाट बञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको सो विधेयक संसदबाट पारित गराउन सहयोग गर्न पनि उनले एमालेलाई आग्रह गरे । 

बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले वैबाहिक अंगीकृत नागरिकताको विषयमा पछि पनि छलफल गरेर त्यसलाई परिमार्जन गर्न सकिने भएकाले अहिलेलाई सो विधेयक पारित गराउने काममा सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने बताए । 

Advertisement

उनले भने, ‘गृहमन्त्रीजीले यो विधेयक मुलुकको आवश्यकताको लागि ल्याइएको भन्नु भएको छ । खासगरी यसमा लाखौं नेपाली नागरिकहरु जसको बुबा नेपाली नागरिक हो । जसले जन्मको आधारमा नागरिकता प्राप्त गरिसकेको छ । उहाँहरुका छोराछोरीहरु अथवा त्यस्ता नागरिकका छोराहरुले नागरिकता नपाएको अवस्थामा विदेश भ्रमणको अवस्था होला वा कुनै बैंक एकाउन्टको कुरा होला । एउटा सामान्य दैनिक जीवनका कुराहरु, अप्ठ्याराहरु भोगिराखेको सन्दर्भमा फुकाउनका लागि ल्याइएको हो र अरु केही जरुरी कुराहरु मात्रै यसमा राखिएको छ । बाँकी यसलाई आगामी दिनमा राष्ट्रिय सहमती बनाएर ती विषयहरु खासगरी बैबाहिक अंगीकृत लगायतका विषयमा फेरि प्रस्तुत हुन्छ सरकार भनिएको छ । यो कुरालाई आत्मासात गर्दै, मनन् गर्दै अगाडि बढनुपर्छ भन्ने मलाई लाग्छ ।’ 

Advertisement

Advertisement