‘एनएमबि स्मार्ट नारी बचत खाता’: स्वास्थ्य जाँचको भुक्तानीमा पाँच हजार क्यास ब्याक पाइने

Advertisement

काठमाडौँ । एनएमबि बैंकले आकर्षक बचत योजना ‘एनएमबि स्मार्ट नारी बचत खाता’ प्रस्तुत गरेको छ ।

महिलाहरूलाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोवारमा सक्रिय बनाउन प्रयास स्वरुप यस योजना अन्तर्गत ग्राहकहरूले मेडिकल÷स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक रु ५,००० सम्म क्यास पाउन सक्नेछन् । 

Advertisement

त्यसैगरी ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो शेयर, डिम्याट लगायतका सुविधाहरूको फाइदा लिन सक्नेछन् । यस योजना अन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशाशनिक शुल्कमा ०.२५ प्रतिशत सम्म विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् ।

बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
 

Advertisement

Advertisement