कामना सेवा बिकास बैंकले ल्यायो मर्चेण्ट बोनस योजना

Advertisement

काठमाडौँ । कामना सेवा बिकास बैंकले आफ्ना फोनपे क्युआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नको लागि मर्चेण्ट बोनस योजना ल्याएको छ । 

यो योजना बैंकले आफ्नो  फोनपे क्युआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्नको लागि भदौ १ गतेदेखि सुरु गरेको हो ।

Advertisement

‘क्युआर कारोबारमा बोनसको बहार, मर्चेन्टहरुलाई कामना सेवाको उपहार’ योजना अन्तर्गत क्युआर मर्चेन्टहरुले क्युआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको १५ प्रतिशत वा रु. ५० र– सम्म बोनस खाता मार्फत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

Advertisement

Advertisement