एनसीसी बैंकको साना तथा मझौला कर्जा र कृषि कर्जा सुरक्षण गर्न कोषसँग सम्झौता

Advertisement

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच साना तथा मझौला उद्यम कर्जा र कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतापत्रमा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश अर्यालले बिहीबार हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकले साना तथा मझौला उद्यम कर्जा र कृषिअन्तर्गत प्रवाह गरेको एक करोड रुपियाँसम्मको लगानी कोषमा सुरक्षित हुनेछ ।

Advertisement

कोषको पूर्वस्वीकृतिमा एक करोड रुपियाँभन्दा माथि तीन करोड रुपियाँसम्मको कर्जा समेत कोषले सुरक्षित गर्नेछ ।
 

Advertisement

Advertisement