विहीबार राति र शुक्रबार दिउँसो बैंकिङ सेवा प्रभावित हुने, यस्तो छ कारण

Advertisement

काठमाडौँ । आज राति र भोलि दिउँसो बैंकहरुको सेवा प्रभावित हुने भएको छ । 

आज राति ८ः३० बजेदेखि ११ः३० बजेसम्म र भोलि दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म बैंकहरुले जारी गरेका डेबिट, क्रेडिट र डलर कार्डहरुबाट हुने कारोबारहरुका साथै एटीएम र पीओएस सेवा अवरुद्ध हुने भएको हो । 

Advertisement

बैंकहरुको कार्ड कारोबारको स्वीचिङ सेवा प्रदाय नेपाल इलेक्ट्रिोनिक पेमेन्ट सिस्टम (नेप्स) मा डीआर ड्रिल को कार्य हुने भएकाले सेवा प्रभावित हुने भएको बैंकहरुले सूचना प्रकाशित गरी जनाएका छन् । 

उक्त समयमा आवश्यक कारोबारका लागि मोबाइल बैंकिङ एप प्रयोग गर्न समेत बैंकहरुले ग्राहकरुलाई अनुरोध गरेका छन् । 

एनआईसी एशिया बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक लगायतकाले आज सूचना प्रकाशित गरी बैंकिङ सेवा प्रभावित हुने उल्लेख गरेका छन् । 

ग्लोबल आईएमई बैंकको सिस्टम ६ घण्टा नचल्ने

Advertisement

Advertisement