बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीलाई सुखद् नतिजा दिलाउँछुः हुमागाईं

Advertisement

काठमाडौं । बंगलादेशबिरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक प्रदीप हुमागाईंले एन्फाले उपलब्ध गराएको जिम्मेवारीलाई सदुपयोग गर्दै सुखद् नतिजा निकाल्ने बताएका छन् । 

आगामी असोज ११ गते त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीलाई सुखद् नतिजा दिलाउने प्रतिवद्धता जनाए । सातोदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको पत्रकार सम्मेलनमा हुमागाईंले आफ्नो लागि नेपाली टोली सम्हाल्ने एक अवसर भएको भन्दै सुखद् नतिजाको लक्ष्य लिएको बताए । 

Advertisement

तत्कालका लागि नेपालमा फुटबल गतिविधि नभएको अवस्थामा नेपाली टोली सम्हाल्ने जिम्मेवारी पाएका हुमागाईंले मैत्रीपूर्ण खेलका लागि ४० सदस्यीय टोलीको नाम सार्वजनिक गर्दा विवादबाट बाहिरिएका १० खेलाडीलाई पनि समेटेका छन् । पहिलो कार्यसमितिले बाहिरिएका खेलाडीलाई राष्ट्रिय टोलीमा फर्काउने निर्णय भए अनुसार हुमागाईंले उनीहरुलाई स्थान दिएका छन् । 

बंगलादेशसँगको खेलमा जितका लागि कर्मभूमी छोडेर जन्मभूमी आएको बताउँदै प्रशिक्षक हुमागाईंले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीहरुबीच रहेको विवादको बारेमा आपूm बोल्न आवश्यक नरहेको बताए । उनले आफ्ना लागि सबै खेलाडी समान रहेको बताउँदै छिट्टै सानो आकारको टोली सार्वजनिक गर्ने समेत बताए । 

बोलाइएका खेलाडी आज बिहीबारबाट एन्फामा उपस्थित हुन थालेका छन् । प्रशिक्षक हुमागाईंले शुक्रवारबाट अभ्यास गराउने बताए । एएफसी ‘ए’ लाइसेन्स गरेका प्रशिक्षक हुमागाईंलाई नियुक्त गरेको विषयमा भने एन्फा प्रवक्ता सुरेस साहले प्रक्रियाबाटै नियुक्त गरेको बताए । 

Advertisement

Advertisement