सोल्टी होटलको नाफा तीन गुणाले बढ्यो, प्रति शेयर आम्दानी ३ रुपियाँ ५८ पैसा

Advertisement

काठमाडौं । सोल्टी होटल लिमिटेडको खुद नाफा बढेको छ। होटलको आम्दानी बढेसँगै नाफा पनि बढेको छ। कोभिडका कारण पर्यटन क्षेत्र प्रभावित हुँदा सोल्टी होटलको आम्दानी बढ्न सकेको थिएन । तर कोभिड-१९ को असर न्यूनिकरण भएसँगै होटल व्यवसाय फस्टाउन थालेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा होटलले १ अर्ब ३७ करोड १५ लाख रुपियाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०२.१६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले ४५ करोड ३९ लाख रुपियाँ मात्र आम्दानी गरेको थियो।

Advertisement

आम्दानी बढेसँगै होटलको नाफा पनि बढेको हो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा २२ करोड ४९ लाख रुपियाँ नोक्सानीमा रहेको यस होटलले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३० करोड १६ लाख रुपियाँ नाफा कमाएको छ।

८४ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोषमा ८९ करोड १२ लाख रुपियाँ छ। यस अवधिमा होटलको प्रति शेयर आम्दानी २ रुपियाँ ६७ पैसा ऋणात्मकबाट बढेर ३ रुपियाँ ५८ पैसा पुगेको छ। असार मसान्तसम्ममा होटलको प्रतिशेयर नेटवर्थ २० रुपियाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५६.५७ गुणा रहेको छ।

Advertisement

Advertisement