‘डिजी पे’ का ग्राहकलाई स्टार हस्पिटलमा विशेष छुट दिने सम्झौता

Advertisement

काठमाडौँ । डिजी पे प्रालि र स्टार हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ । डिजी पेले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत ललितपुर स्थित स्टार हस्पिटलसँग सहकार्य गर्ने सम्झौता गरेको हो ।

सम्झौतापत्रमा स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन र डिजी पे का अध्यक्ष दिवाकरबहादुर पाण्डेले हस्ताक्षर गरेका हुन् ।   

Advertisement

यस सहकार्य अन्तर्गत डिजी पे ले ल्याएको व्यावसायिक तथा घर दैलो योजना अन्तर्गत डिजी पे मा आबद्ध हुने सम्पूर्ण व्यावसायी तथा घरदैलोका ग्राहकहरुले स्टार हस्पिटलको सौजन्य रु. ८२५ को
दुईवटा रु. १,६५० बराबर ओपीडी टिकट निःशुल्क पाउने छन्  । साथै बेड तथा स्वास्थ्य परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्मको छुट पाउने छन् ।

स्टार हस्पिटलका अध्यक्ष महर्जनका अनुसार यस सहकार्यले सम्बन्धित सबैलाई व्यावसायिक, सामाजिक तथा स्वास्थ्य लाभ हुने र यस्तो नौलो र बिसेष सहकार्यमा आबद्ध हुन पाउनुमा खुशी व्यक्त गरेका छन् । उनका अनुसार यस सहकार्यले स्थानीय स्तरमा प्रत्यक्ष बजार बिस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए ।

Advertisement

त्यस्तै डिजी पे का अध्यक्ष  पाण्डेले स्टार हस्पिटल जस्तो एक प्रतिष्ठित स्वास्थ्य संस्थासँग सहकार्य गरि आफ्ना व्यवसायी र ग्राहकलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए । उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यस अन्तर्गत स्वाथ्य क्षेत्रलाई आबद्ध गर्ने पहिलो खुड्किलो र उपलब्धि हो । 

यसैगरी अरु पनि विभिन्न संस्थाहरुसंग पनि सहकार्य गरि आफुसंग सम्बन्धित व्यवसायी तथा ग्राहकलाइ थप अफर तथा सुबिधा दिने योजना रहेको बताए ।

Advertisement