कुमारी बैंकबाट आईपीओ भर्दा शुल्क नलाग्ने

Advertisement

काठमाडौँ । कुमारी बैंक लिमिटेडले भदौ १ बाट लागु हुने गरी सम्पूर्ण खाताहरुमा सी-आश्वा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको छ । 

यो व्यवस्थासँगथै बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका पूँजीबजारका अन्य उपकरणहरुमा आवदेन दिंदा कुनै शुल्क लाग्ने छैन । 

Advertisement

ग्राहकहरुको हित तथा पूँजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै बैंकले सो छुट ल्याएको हो । यसबाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थी लगायत बैंकका सम्पूर्ण खाताधारकहरुलाई विशेष लाभ प्राप्त हुने विश्वास गरिएको छ । 

देशव्यापी १९७ शाखा-संजाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिङ इकाई तथा २४ एक्टेन्सन काउन्टर मार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ । 

Advertisement

Advertisement