अपर तामाकोशीको साधारण सभाबाट शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित

Advertisement

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावरको साधारण सभाबाट शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित भएको छ । 

कम्पनीको आज सम्पन्न चौधौं वार्षिक साधरण सभाले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।  

Advertisement

वार्षिक साधरण सभामा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गरी उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हकप्रद शेयरको  माध्यमबाट पुँजी वृद्धिको लागि विशेष प्रस्ताव पेश गरेका थिए । 

निर्देशक घिसिङले रोल्वालिङ ड्राइभर्सन, रोल्वालिङ खोला जलविद्युत आयोजनाहरुको निर्माण र माथिल्लो तामाकोशी आयोजनाको लागि अपुग रकम अल्पकालीन ऋण लिएर सम्पन्न गरिएको हुँदा सो ऋण चुक्ता गर्नको लागि वित्तीय व्यवस्थापन गर्न आवश्यक देखिएको बताए । 

उनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि विद्युत गृहबाट निस्कने पानीलाई करिव ८ किलोमिटर सुरुङमार्फत ९९ सय मेगावाट क्षमताको तामाकोशी पाँचौं आयोजना निर्माण गर्ने नेपाल विद्युत  प्राधिकरणको लक्ष्य रहेको बताए । उनले त्यसको लागि पनि तामाकोशी जलविद्युत सञ्चालक समितिको बैठकबाट कम्पनीले पनि लगानी गर्ने अवसर सुनिश्चित भएको बताए । 

उनले रोल्वालिङ खोलाको पानीलाई ७ किलोमिटर लामो सुरुङमार्फत लामाबगर स्थित तामाकोशी नदीबाट निर्मित जलाशयमा मिसाई थप २०० सय गिगावट गरी जम्मा ३०० सय गिगावट घण्टा विद्युत उत्पादन गरी विस्तृत अध्ययन गर्ने बताए । 

उक्त आयोजना साढे चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब २९ करोड रुपियाँ छ । 

हकप्रद निष्कासन पश्चात चुक्ता पूँजी २० अर्ब ५८ करोड रुपियाँ पुग्ने छ । 

अहिले अपर तामाकोशीको शेयर मूल्य ५ सय भन्दा कम छ । तामाकोशीको १० करोड ५९ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भइसकेको छ ।

Advertisement