अमेरिकन आइडलका उपविजेता तथा नेपाली मुलका अमेरिकी गायकले सांगीतिक प्रस्तुती दिने

Advertisement

काठमाडौं । सांगीतिक प्रस्तुतीका लागि नेपाल आएका अमेरिकन आइडलका उपविजेता नेपाली मुलका अमेरिकी गायक दिवेश पोखरेल ‘अर्थर गन’ नेपाल आइपुगेका छन् । 

उनले नेपालको संस्कृति र प्रकृतिलाई विश्वमाझ चिनाउन आवश्यक रहेको बताएका छन् । नेपालमा हुन लागेको पहिलो सांगीतिक कार्यक्रमबारे जानकारी दिन बिहीवार आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको कला संस्कृति जोगाउनुपर्ने बताएका हुन् । 

Advertisement

नेपालमा भएका आफ्ना समर्थकहरूका लागि सांगीतिक प्रस्तुतीका लागि नेपाल आएको पोखरेल शनिवारदेखि सुरु हुन् लागेको ‘टुबोर्ग होमकमिङ आर्थर गन’मा सहभागी हुँदैछन् । उनी टोलीसहित नेपाल आएका हुन् । 

पोखरेलले नेपालमा रहेका समर्थकहरुका लागि सांगीतिक प्रस्तुती दिनका लागि र नेपालको कला, संस्कृति र प्रकृतिको बारेमा जान्न र बुझ्न र त्यससम्वन्धी वृत्तचित्र बनाउने लक्ष्यसहित नेपाल आएका सुनाए । 

एक महिनाको नेपाल बसाईमा पोखरेलले यहाँको संस्कृति, संगीत क्षेत्र, पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिने छन् । उनले संगीत युनिभर्सल ल्याङ्ग्वेज भएकोले यसबाट नै नेपालको पर्यटन प्रवर्द्धन गर्न सकिने समेत बताए । 

उनले आफूले तयार पार्ने सांगीतिक टूर डकुमेण्ट्रीले झनै नेपालको पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । सन् २०२० को अमेरिकन आइडलमा भाग लिएसँगै चर्चामा आएका गायक पोखरलले अमेरिका संगीतको हिसावले राम्रो ठाउँ भएको सुनाए । उनी अमेरिकन आइडलको तेस्रो स्थान बनाउन सफल भएका थिए । 

पहिलोपटक नेपाल आएका उनले देशका प्रमुख सात शहरमा नौ वटा कन्सर्ट गर्ने छन् । पोखरेलले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायत शहरहरूमा प्रत्यक्ष सांगीतिक प्रस्तुती दिने कार्यक्रम छ ।

अमेरिकन आइडल अडिसनबाट चर्चित भनेका उनले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रिडेन्स् क्लियरवाटर रिभाईभल्को ह्याब् यु एभर सिन द रेन नामक गीतहरू गाएका थिए ।

Advertisement

Advertisement