सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन युकेमा नयाँ कार्यसमिति चयन

Advertisement

काठमाडौं । सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन युकेको वार्षिक साधारण सभा आइतबार लण्डनको बोस्टन मनोरमा सम्पन्न भएको छ । सभाले  रुद्र कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । 

सन् २००७ मा स्थापना भएदेखि नै आफ्ना सदस्यहरूको हितमा काम गर्दै आएको सो संस्थाले जनाएको छ । अध्यक्ष चयनका लागि चुनाव गरिएको भए पनि अन्य पदहरु भने निर्विरोध चयन गरिएको थियो । चुनावमा संस्थाका सदस्यहरुले अनलाइन भोटिङ प्रणालीबाट मतदान गरेका थिए । 

Advertisement

संस्थाको कार्यसमितिको उपाध्यक्षमा हरि नेपाल, महासचिवमा डा. रविचन्द्र कोइराला, सचिवमा सज्ञान खरेल, कोषाध्यक्षमा प्रियंका रेग्मी निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी कार्यसमिती सदस्यमा मनोज पुन, दर्पण गौतम र सुजन शर्मा निर्वाचित भएका छन्।

यसअघि संस्थाको अध्यक्ष संयुक्त श्रेष्ठ थिए । नयाँ कार्यसमितिको कार्यकाल दुई बर्षको हुन्छ ।

Advertisement